२९ पुस २०८२, मंगलबार | January 13, 2026

कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु



कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

“बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ”, उनले भने, “गैँडाको आक्रमण परेर महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ ।” ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ । मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनका अनुसार दुई जनाले भने रुख चढेर ज्यान जोगाएका छन् ।

आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो । सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो । दुई गैँडाले बुढालाई आक्रमण गरेको ती महिलाले बताएका छन् । -रासस

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ११ : ५७ बजे

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित, भोलि निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप