१० चैत्र २०८२, मंगलबार | March 24, 2026

तिलोत्तमाको शंकरनगरमा एक महिला मृत फेला, हत्या आरोपमा श्रीमान पक्राउ



बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला परेकी छिन । तिलोत्तमा-१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थी मृत फेला परेकी हुन ।

प्रहरीले पन्थीको हत्या आरोपमा उनका ४५ वर्षीय श्रीमान मुमराज पन्थीलाई नियन्त्रमा लिएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका(४ स्थायी घर भई हाल रुपन्देहीको तिलोत्तमामा बस्दै आएकी यमकला भदौं २७ गते बिहान घर अगाडी मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

तिलोत्तमाको एक घरको माथिल्लो तलामा डेरा गरि बस्ने यमकला जमिनमै मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनापछि आमाको हत्या भएको भन्दै छोराले बुवा विरुद्ध जाहेरी दर्ता गराएको थापाले बताए ।

प्रहरीका अनुसार प्रारम्भिक रिपोर्टमा यमकलाको शवमा हत्यासम्बन्धी कुनै संकास्पद वस्तु वा सबुत भने भेटिएको छैन । दैनिक ज्यालादारी गरेर बस्ने उक्त दम्पत्ति दुबै जना मापसे गर्ने र समय समयमा झै(झगडा गरिरहने नजिकका आफन्तहरुले बताएका छन् । ‘घरको माथिल्लो तल्लामा बाहिरबाट बनाइएको भर्याङबाट चढ्नु पर्ने भएकाले आफै लडेको जस्तो पनि देखिन्छ ।’(प्रहरी नायव उपरीक्षक थापाले भने, ‘शवको प्रकृति हेर्दा हत्याको त्यस्तो कुनै सवुत वा आधारहरु भेटिएका छैनन्, यद्यपि उनका छोराले हत्या भएको भन्दै जाहेरी दर्ता गराएका छन् । हामी अनुसन्धानमै छौ ।’

उनीहरुका ३ भाइ छोराहरु मध्ये एक भाइ रोजगारका लागि भारत आउजाउ गर्ने र बुवा(आमाबाट अलग्गै बस्दै आएका छन् । यमकलाको हत्या भएको भन्दै उनकी बहिनी तथा माइती पक्षले आरोप लगाएका छन् भने छोराले विहिबार प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।

शवलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । आइतबार थप अनुसन्धानका लागि फरेन्सिक जाँच टोलीबाट रिपोर्ट तयार पारिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ७ : २५ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको