४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाल्पाको दोभानमा चक्कु हानेर एक युवकको हत्या



बुटवल । पाल्पाको दोभानमा गएराति एक युवाको चक्कु प्रहार गरि हत्या गरिएको छ। तिनाउ गाउँपालिका(२ दोभान, घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको चक्कु प्रहार गरि हत्या गरिएको हो ।

स्थानीय एक घरमा भेला भएर तीज गितमा नाच्नेक्रममा सामान्य झगडा हुँदा गएराति साढे १२ बजे ती युवकमाथि धारिलो हतियार चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। गम्भीर घाइते खत्रीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले खत्रीलाई मृत घोषणा गरेका थिए।

स्थानीय महिला नाचिरहेका बेला दुई युवा समुहबीच सामान्य झगडा भएको थियो। त्यही विषयलाई लिएर तीज गीत कार्यक्रमबाट फर्कने क्रममा पुनः झगडा भएको प्रहरीले आंकलन गरेको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको चन्दले बताए।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रण्मा आएकाहरु बारे प्रहरीले थप विवरण खुलाउन चाहेको छैन । घटनाको अनुसन्धान गर्न आज बिहानै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको