९ चैत्र २०८२, सोमबार | March 23, 2026

पाल्पाको दोभानमा चक्कु हानेर एक युवकको हत्या



बुटवल । पाल्पाको दोभानमा गएराति एक युवाको चक्कु प्रहार गरि हत्या गरिएको छ। तिनाउ गाउँपालिका(२ दोभान, घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको चक्कु प्रहार गरि हत्या गरिएको हो ।

स्थानीय एक घरमा भेला भएर तीज गितमा नाच्नेक्रममा सामान्य झगडा हुँदा गएराति साढे १२ बजे ती युवकमाथि धारिलो हतियार चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए। गम्भीर घाइते खत्रीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले खत्रीलाई मृत घोषणा गरेका थिए।

स्थानीय महिला नाचिरहेका बेला दुई युवा समुहबीच सामान्य झगडा भएको थियो। त्यही विषयलाई लिएर तीज गीत कार्यक्रमबाट फर्कने क्रममा पुनः झगडा भएको प्रहरीले आंकलन गरेको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको चन्दले बताए।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रण्मा आएकाहरु बारे प्रहरीले थप विवरण खुलाउन चाहेको छैन । घटनाको अनुसन्धान गर्न आज बिहानै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : ०९ बजे

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई