११ असार २०८३, बिहिबार | June 25, 2026

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट



वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ ।

सोमबार सम्पन्न सो भेटका अवसरमा उनीहरुबीचमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहत रहेर सेवा गर्ने नेपाली सुरक्षाकर्मीहरूको तालिम, सुरक्षालगायतका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ ।

यसैगरी सोमबार परराष्ट्रमन्त्री साउदले फिनल्याण्डका वैदेशिक, व्यापार तथा विकास मन्त्री भिल्ले ताभियोसँग भेट गरेका छन । उक्त भेटघाटमा पारस्परिक चासो, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।

मन्त्री साउदले सोमबार नै ‘साइडलाइन’ बैठकमा सर्वियाका प्रथम उपप्रधानमन्त्री डा इभिका डासिसबीच भेटवार्ता गरेका छन । भेटका अवसरमा नेपाल र सर्वियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । यसैगरी परराष्ट्रमन्त्री साउदले रोमानियाकी परराष्ट्रमन्त्री लुमिनिटा टयुडोरा ओडवेस्क्युसँग भेट गरेका छन ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ७ : २१ बजे

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका