४ पुस २०८२, शुक्रबार | December 20, 2025

इरानमा हिजाब नलगाउने महिलालाई १० वर्षसम्म जेल सजाय



तेहरान । अब इरानमा महिलाले हिजाब नलगाउने तर टाइट लुगा लगाए भने कारबाही हुने भएको छ । हालै इराकी संसदले पारित गरेको विधेयकले हिजाब नलगाउने महिलालाई १० बर्षसम्मको जेल सजायँको ब्यवस्था गरेको हो ।

समाचार अनुसार अब इरानी महिलाहरुलाई हिजाब नलगाएमा अब १० वर्ष जेल सजाय हुनेछ । यति मात्र होइन, यी नियम र कानुन अब पुरुषमा पनि लागू हुनेछन् ।

हिजाब बिना महिलालाई सामान बेच्ने पुरुषलाई पनि कडा सजाय हुनेछ । इरानको संसदले सार्वजनिक रूपमा हिजाब लगाउन अस्वीकार गर्ने महिला र उनीहरूलाई समर्थन गर्नेहरूलाई भारी जरिवाना लगाउने विधेयक पारित गरेको हो ।

हिजाबका बारेमा हालै भएको छलफलमा २ सय ९० सदस्यीय इरानी संसदमा १ सय ५२ सांसद कारबाहीको पक्षमा थिए । प्रचलित कानुनको तुलनामा प्रस्तावित कानूनमा सजायको म्याद १० वर्ष पुर्‍याइएको छ । त्यस्तै नियम उल्लंघन गर्नेलाई ३ लाखदेखि ६ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

हिजाबको मजाक बनाउने कुनै पनि मिडिया वा एनजीओलाई पनि जरिवाना र जेल सजाय हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको