४ पुस २०८२, शुक्रबार | December 19, 2025

क्यानले पायो नयाँ कार्यसमिति, उपप्रधानमन्त्री खड्काको बधाई तथा शुभकामना



काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन्।

कार्यबाहक प्रधानमन्त्री खड्काले समाजिक सञ्जाल मार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द,  सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

धिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् भने सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।

उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।

१७ सदस्यीय कार्यसमितिमा पदाधिकारीबाहेक ३ सदस्य निर्विरोध निर्वाचित भए भने १० जना चुनावबाट निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भए भने अरु प्रदेशका सदस्य र खुला ५ पदमा चुनाव भएको थियो।

कोशीबाट अर्जुन पौडेल ४७, गण्डकीबाट सुदीप शर्मा ५२, बागमतीबाट दिवाकर घले ४६,र सुदूरपश्चिमबाट बिक्रम विष्ट ४९ मत पाएर निर्वाचित भए । मधेशका माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीले बराबर ४२ मत पाएपछि गोलाप्रथा गर्दा माधवकुमार कर्माचार्य चुनिएका छन् ।

कार्यबाहक प्रधानमन्त्री खड्का शुक्रबार सुरु भएको नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको