३० पुस २०८२, बुधबार | January 15, 2026

क्रिकेट खेलाडी भीम सार्कीलाई फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति



काठमाडौ । नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत १२ वर्षदेखि दक्ष तथा अनुभवी जनशक्ति उत्पादन गरिरहेको फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली क्रिकेट टिमका ब्याट्सम्यान भीम सार्कीलाई विविए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

कलेजका निर्देशक अविनाश अधिकारीले भीम शार्कीको क्रिकेट प्रतिको समर्पण प्रशंसनीय छ, उनको क्षमता र प्रतिवद्धतालाई सम्मान गर्दै यो छात्रवृत्ति मार्फत उनको शैक्षिक यात्रामा सहयोग गर्न पाउँदा कलेज परिवार गौरवान्वित भएको वताए।

फिनिक्स कलेज अफ म्यानेजमेन्टले यसअघि राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो। फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए तथा विविए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट परिवार भीम सार्कीलाई उनको शैक्षिक कार्य र क्रिकेट करियरमा सफलताको कामना गर्दछौ। हामी खेल र समाज दुवैमा क्षेत्रमा उनको योगदान र उपलब्धिको साक्षी बन्न तत्पर छौं।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ०९ बजे

यस्तो छ गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक