२५ माघ २०८२, आइतबार | February 8, 2026

हुवावेको निरीक्षणपछि बेइजिङमा प्रधानमन्त्री प्रचण्डले भने – डिजिटल नेपाल बनाउने सपना छ



बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् ।

आज चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिएको प्रतिक्रियामा उनले सो धारणा राखेका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “विश्वमा बढ्दो विज्ञान एवं सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।”

उनले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरे।

नेपालमा चीनका उद्योगी व्यवसायीहरुले गर्ने लगानीका क्षेत्रहरु धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि रहेकाले यस क्षेत्रमा लगानीका लागि उनले चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरे । नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताहरुको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उनले सो अवसरमा व्यक्त गरेका थिए ।

हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसहित उनको प्रतिनिधिमण्डल आज सो कम्पनीको मुख्यालयमा पुगेको थियो । कम्पनीका उच्च अधिकारीहरुले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए ।

उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटपलगायतका इलेक्ट्रोनिक वस्तुहरु उत्पादन गर्ने गर्दछ । -रासस

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ४३ बजे

टी-२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ

प्राधिकरणले कर्मचारीलाई भन्यो : सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग

‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको

टी-२० विश्वकपमा नेपालको आज ऐतिहासिक सुरुवात, पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो भिडन्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत