२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ः३० बजे ‘जुम’ प्रविधिमार्फत आयोजना गरिने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

उक्त अनलाइन बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूलाई सहभागी हुन अनुरोध गरिएको छ ।

बैठकका लागि तीनवटा प्रमुख एजेन्डा तय गरिएका छन् । कार्यवाहक मुख्य सचिव दुलालका अनुसार बैठकमा नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचन परिचालन निर्देशिका-२०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका-२०८२ तथा केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने छ ।

आगामी निर्वाचन र पार्टी संगठन व्यवस्थापनसँग जोडिएका विषयहरूमा नीतिगत निर्णय गर्न बैठक महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ८ : ३७ बजे

बाँके ३ मा रास्वपाको अग्रता कायम

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५