६ पुस २०८२, आइतबार | December 21, 2025

खानेपानी निर्माण तथा उपभोक्ता समूह बुद्धनगरद्वारा रक्तदान



बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समूह बुटवल-११ बुद्धनगरले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको समूहले नियमित कार्यक्रम अन्तर्गत ९ औं पटक रक्तदान गरेको हो ।

सो अवसरमा बोल्दै खानेपानी निर्माण तथा उपभोक्ता समूहका अध्यक्ष आशिष सुर्यवंशीले नियमित रक्तदान गर्दै आइरहेको बताए । सामाजिक काममा सक्रिय, पारदर्शी र खानेपानी सर्वसुलभ शुल्कमा उपलब्ध गराउने संस्थाको नाममा परिचय बनाएको छ ।

उनले खानेपानी संस्थाबाट धेरै रक्तदान गर्ने संस्थामा आफूहरू पहिलो रहेको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्दै आफूहरू अगाडि बढने स्पष्ट पारे । खानेपानी समूहमा १ हजार १६६ उपभोक्ता रहेका छन । सो अवसरमा ६० युनिट भन्दा बढी रगत संकलन भएको संस्थाले जनाएको छ ।

समूहले सहरी स्वास्थ्य चौकी र स्कूललाई निशुल्क खानेपानी उपलब्ध गराउदै आएको छ । समूहका अध्यक्ष आशिष सुर्यवंशीको अध्यक्षता, उपाध्यक्ष जगतनारायण मण्डलको स्वागत तथा सचिव अर्जुन जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ४ : ३५ बजे

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको