४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलको रानीगंजमा आजबाट प्रथम सांस्कृतिक तथा व्यापार महोत्सव २०८० शुरू



बुटवल । बुटवलमा आजबाट प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव २०८० शुरू भएको छ ।

बुटवल १७ रानीगंज खेलमैदानमा आयोजित महोत्सवको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय गमलामा पानी संचाइ गरेर शुभारम्भ गरे । सो अबसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको रानीगंजले मुहार फेर्ने बताए ।

मेलाकै कारण यो क्षेत्र चलायमान भएको भन्दै उनले मोतिपुर औद्योगिक क्षेत्र निर्माणले मोतिपुरक्षेत्रका स्थानीयलाइ मनग्य फाइदासहित रोजगारी प्रदान गरिने उल्लेख गरे । उनले आफ्नै कार्यकालमा बुटवलको मुहार बदलेर देखाउने प्रतिबद्धता दोहोर्याए ।

उनले रानीगंंजको प्रथम मेला सफलताको कामना समेत गरे । सो अबसरमा बुटवल १५ का वडाध्यक्ष शिव राना, १७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मी, आमा समुहको तर्फबाट माया भण्डारी,क्लवका अध्यक्ष राम दर्जी,सचिव अनिल सुनार लगायतले बोल्दै मेला सफल हुने बिश्वास ब्यक्त गरे ।

मेला शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा शुरु भएको हो भने मेला असोज २३ गतेसम्म चल्ने मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को संरक्षकत्वमा महोत्सव गरिएको उद्घोषक बिकास भट्टराइले बताए ।

“रानिगन्ज जाऔँ राष्ट्रिय कलाकारसँगै रमाऔँ” भन्ने नाराका साथ सञ्चालन हुन महोत्सवमा महानायक राजेश हमालदेखि लिएर ४० जना राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।

महोत्सव सञ्चालन गर्न ४० लाख खर्च लाग्नेछ भने ५० लाखको कारोबार साथै ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । मेलामा १ सय भन्दा बढि स्टल रहेका छन् उद्घाटन पूर्व सो स्थानमा बाजागाजासहित र्याली निकालिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : १२ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा