१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मुटु रोग तथा लागुऔषध बारे सचेतना कार्यक्रम



बुटवल । बुटवल-८ सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरिएको छ ।

विश्व मुटु दिवसको अवसर पारेर विद्यालयको आयोजना तथा लायन्स क्लब अफ बुटवल सिद्वार्थको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा मुटु सम्बन्धी सचेतना तथा लागुऔषध दुव्र्यसनी एवं साइबर अपराधसम्बन्धी सचेतना प्रदान गरिएको थियो ।

व्यवस्थापन समूहको कक्षा १२ मा अध्ययनरत छात्रछात्रालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता लायन्स क्लब बुटवल सिद्वार्थका वर्ष २०२३/०२४ का अध्यक्ष नारायणविक्रम कुँवरले गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ बालरोग विशेषज्ञ डा। मनोज कुसवाह तथा वडा प्रहरी कार्यालय रामनगरका प्रहरी नायब निरीक्षक कमल भण्डारी प्रमुख वक्ताका रुपमा रहेको उक्त सचेतना कार्यक्रममा डा। कुसवाहले मुटु रोगका बारेमा जानकारी प्रदान गर्नुका साथै त्यसबाट बचेर मुटु स्वस्थ राख्न अपनाउनुपर्ने सावधानीका बारेमा सचेतना प्रदान गरे ।

सोही कार्यक्रममै वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक कमल भण्डारीले लागू औषध दुव्र्यसनी तथा साइबर अपराधका सम्बन्धमा सचेतना प्रदान गर्दै युवाहरुमा बढ्दै गएको लागु औषध दुव्र्यसनीबाट विद्यार्थीहरु कसरी बच्न सक्छन् भन्ने कुराको जानकारी दिएका थिए ।

कार्यक्रम समापनका अवसरमा बोल्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले युवावर्गका लागि विशेष चासोका विषयमा विद्यालयले बेलाबेलामा यस्ता सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिरहने र त्यसबाट विद्यार्थीहरु लाभान्वित भएको जानकारी गराए ।

कार्यक्रममा सह प्राचार्य भीमसेन गौतमले मुटु रोग वर्तमान समयमा मानवका लागि चुनौतीपूर्ण बन्दै गएको तथा लागू औषध दुव्र्यसनी र साइवर अपराध पनि मौलाउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यो कार्यक्रम अत्यन्त फलदायी हुने विचार व्यक्त गरेका थिए ।

यसैगरी उपप्राचार्य उमेश रेग्मीले उपस्थित वक्ता तथा विद्यार्थी सबैलाई धन्यवाद ज्ञापन गर्दै लायन्स क्लबको सहयोगप्रति कृतज्ञता समेत ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका अङ्ग्रेजी विषय शिक्षक एकराज पौडेलले गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ०८ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी