१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघले तोक्यो विषयगत संयोजक, प्रेस सल्लाहकार नियुक्ति प्रति प्रेस सेन्टर असन्तुष्ट



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले २६ वटा विषयगत समिति संयोजकको जिम्मेवारी तोकेको छ । आज बसेको कार्य समिति बैठकले हरेक पदाधिकारी र सदस्यहरुलाई विभिन्न समितिको संयोजककोे जिम्मेवारी दिएको संघले जनाएको छ ।

बैठकले अध्यक्ष टंकबहादुर धामीलाई राजश्व तथा प्रहरी प्रशासन, प्रथम उपाध्यक्ष चिरन्जीवी ओलीलाई उद्योग, उपाध्यक्ष (वाणिज्य) हरिलाल न्यौपानेलाई वाणिज्य व्यवसाय, उपाध्यक्ष (महिला) मन्दिरा पाण्डेलाई स्थानीय तह, कार्यबाहक महासचिव टेकबहादुर खड्कालाई कृषि, पर्यटन र कोषाध्यक्ष मख्खनबहादुर धामीलाई आर्थिक संयोजकको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरि प्रवक्तामा डम्बरबहादुर चन्दलाई प्रचार–प्रसार तथा प्रकाशन(बजार अनुगमन, बरिष्ठ सदस्य अब्दुल जलील मन्सुरीले सीमा बजार व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी तोकिएको छ ।

सदस्यहरु क्रमशः विष्णु श्रेष्ठ सदस्यता अभिबृद्धि, बजार, शिवप्रसाद दाहाल व्यवसायिक तालिम तथा तथ्याङ्क संकलन, इन्दिराकुमारी शाही महिला उद्यमी विकास, तोपबहादुर थापा वन तथा जडीबुटी, सुदन केसी शिक्षा तथा सूचना प्रविधि, युवराज ढकाल हेल्प डेस्क, टीकामणि उपाध्याय दैवी प्रकोप तथा कल्याणकारी, बुद्धिबहादुर बिके योजना तर्जुमा तथा कार्यक्रम, सन्तोषकुमार पौडेल स्वास्थ्य खेलकुद तथा वातावरण संरक्षण, कमलकुमार कार्की रोजगारदाता परिषद, युवा स्वरोजगार तथा साना व्यवसाय, प्रदीपकुमार गुप्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय तथा भ्रमण व्यवस्थापन समितिको संयोजक बनाइएको छ ।

बैठकले किशन गुरुङ वस्तुगत व्यवसाय, हिमनाथ पौडेल हाट बजार, उमा ग्राण्डन स्वागत सत्कार, सोनाली गुप्ता हस्तकला तथा घरेलु उद्योग, लगानी प्रवद्र्धन, नन्दराम जैसी व्यवसायिक मेलमिलाप र राजीव तलंगा निर्यात प्रवद्र्धन व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी तोकेको नवजियुक्त प्रवक्ता डम्बरबहादुर चन्दले बताए ।

संघको बैठक बस्नु अघि अध्यक्ष धामीले मनोनित गरिएका बरिष्ठ सदस्य अब्दुल जलील मन्सुरी, राजीव तलंगा, नन्दराम जैसी, उमा ग्राण्डन र सोनाली गुप्तालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । बैठकले संघको प्रेस सल्लाहकारमा अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक शंकरप्रसाद खनाललाई मनोनयन गरेको प्रवक्ता चन्दले जानकारी दिए ।

प्रेस संगठन असन्तुष्ट
संघका अध्यक्ष टंक धामीले गरेको मनोनयन प्रति माओवादी निकट प्रेस सेण्टर आवद्ध पत्रकारहरुले असन्तुष्टी जनाएका छन् । सेन्टरका नेता प्रदीप वाग्ले, संगीन शर्मा, माओबादी युवा नेता जनक केसी लगायतले धामीको मनोनयन प्रति असन्तुष्टी सार्वजनिक गरेका छन् ।

प्रेस सेन्टरका नेता तथा पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगीन शर्माले क्षणिक पद प्राप्तिले  हौसिएका साथीहरूले आफ्नो धरातल बिर्सिएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्षणिक पद प्राप्तिले हौसिएका साथीहरूले आफ्नो धरातल बिर्सिएछन । हेक्का रहोस, मेरूदण्ड बिनाको साँढेले पनि गडौंलाको नियति भोग्नुपर्छ ।’

प्रेस सेन्टरका अर्का नेता प्रदीप वाग्लेले चुनाव अघिसम्म पार्टी र जनसंगठन चुनाव जिताउन लागिदिनु पर्ने , चुनाव जितेपछि आफ्नै करोडको धाक देखाउने भन्दै सेन्टरको बैठकमा गम्भीर छलफल भएको बताएका छन् । उनले पछिल्लो एक चुनाव पछि घोर अवसरवादी प्रवृत्ति देखिएको बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ४० बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी