५ पुस २०८२, शनिबार | December 20, 2025

स्पेनमा नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु, १४ बेपत्ता



म्याड्रिड । स्पेनको दक्षिणपूर्वी शहर मर्सिया सहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

ला फोंडा भनेर चिनिने फोंडा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसपछि यो छिमेकी क्लबहरूमा फैलियो । खचाखच भरिएका डान्स फ्लोरहरूबाट भाग्न हतारिएका कारण छिमेकी क्लबहरूमा पनि आगलागी हुन गएकाे गएको बताइएकाे छ ।

स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । जन्मदिनको भोजमा सहभागीहरू मध्ये एक, जो आफ्नो काका र काकीसँग क्लबमा थिए, उनले भने कि उनी समयमा नै घर फर्केका थिए, केवल उनका एक जना भाई भने क्लबमा नै बसे । ला वर्डाड डे मर्सिया अखबारका अनुसार मृतकहरू मध्ये उनका काका थिए वा छैनन् भन्ने स्पष्ट छैन ।

प्रहरीले याे पुष्टि गरेको छ कि मृत्यु भएका सबै ला फोंडामा थिए, तर थप १४ जना अझै बेपत्ता छन् । जसकाकारण उनीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

क्लब मर्सियाको एटालायस क्षेत्रमा अवस्थित छ, र आगो लगभग ६ बजेवाट सुरु भएको मानिन्छ । तर, करिब १५ घण्टा बितिसक्दा पनि यो के कारणले भएको हो ? भन्ने खुल्न सकेको छैन । तर मर्सियाका मेयर जोसे बालेस्टाले पत्रकारहरूलाई भने कि क्लबको पहिलो तल्लामा आगलागी सुरू भएको थियो ।

राष्ट्रिय प्रहरीका डिएगो सेरलले ला फोन्डाको छत भत्किएको बताए, जसले पीडितहरूलाई भेट्टाउन र के भयो भनेर काम गर्न चुनौतीपूर्ण बनाएको छ । यद्धपी सो घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास जारी छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : २७ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले