१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बुटवलमा फोटोनको नयाँ शोरुम शुभारम्भ



फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिकोे बुटवलमा नयाँ शोरुम शुभारम्भ भएको छ ।

सिद्धार्थ इन्टरकन्टीनेन्टल प्रालिको बुटवल कालिकानगरमा शोरुम शुभारम्भ गरिएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ शुक्रबार शोरुमको रिवन काटेर उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलमा विद्युतीय सवारी साधानको संभावना उच्च रहेको भन्दै प्रदुषण नियन्त्रणको लागि फोटनको ईलेक्ट्रीकल गाडीको विशेष भूमिका रहने बताए । उनले बुटवल उपमहानरपालिकाले पनि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएका थिए ।

फोटोनको एसीया कन्ट्री म्यानेजर चाइनीज नागरिक ज्याकले विद्युतीय सवारी साधानको भविश्य उच्च र राम्रो रहेको बताए । फोटोनको नेपाल डिलर एमएडब्लुका सीईयो तुसार गुप्ताले चीनमा सरकार र नीजि कम्पनीको लगानीमा निर्माण भएको फोटोन गाडीको भविश्य नेपाल सहितका ११० विभिन्न देशका उच्च रहेको बताएका थिए ।

कार्यक्रमामा एमएडब्लुका सेल्स हेड नविन आचार्य, सिद्धार्थ ग्रुपका अध्यक्ष दिनेशमान अमात्य, शोरुमका डाईरेक्टर सोविन भारी,सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्य सारु मगर लगायतले बोल्दै गाडी निकै चलेको र यसक्षेत्रको बजार ओगट्ने दाबी गरे । वुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्राली एक मात्रै आधिकारित डिलर हो । सो कार्यक्रमको संचालन शुसिला भण्डारीले गरेकी थिइन् । नयाँ शोरुममा फोटनको नेपाली बजारमा उपलब्ध सबै मोडल उपलब्ध हुनेछन् ।

फोटोनसंग हाल बजारमा कम्वसन इन्जिन जडित र इलेक्ट्रिक दुवै सेग्मेन्टका गाडीहरु उपलब्ध छन् । इलेक्ट्रिकमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक ‘टीएम १’ लोकप्रिय मोडल हुन् । टीएम १ लाई कम्पनीले देशका विभिन्न सडकहरुमा परिक्षण गरेर सफल भएपछि हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरेको थियो । नयाँ शोरुमबाट बिक्री र विक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुनेछन् । यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधासम्पन्न शोरुम संचालनमा आएपछि ग्राहकलाई गाडी किन्न र बिक्रीपछिको सेवा पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ ।

नयाँ शोरुमबाट गाडी किन्दा ग्राहकले फेस्टिवल अफरको समेत फाइदा लिन सक्नेछन् ।दशैं तिहारलाई लक्षित गरी कम्पनीले फोटोनका जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकलाई स्मार्ट वाचदेखि थाइल्याण्ड र बाली घुम्ने अवसर सहितको योजना ल्याएको छ । सो योजनामा ग्राहकले गाडी वुकिङ गर्दा एयरपड, स्मार्ट वाच र स्पीकर प्राप्त गर्न सक्नेछन् भने बम्पर उपहारमा लक्की ड्र मार्फत १ जनालाई थाइल्याण्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलीभिजन, २ जनालाई रेफ्रिजरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनाले मोबाइल फोन जित्न सक्नेछन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : ३३ बजे

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको