२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सामाजिक सञ्जालबाट नेपालगन्जमा सदभाव भड्काउन खोज्ने ६ जना भारतीय प्रहरीद्वारा पक्राउ



नेपालगन्ज । सामाजिक सञ्जालको स्टाटस र कमेन्टका कारण नेपालगन्जमा दुईपक्षबीच विवाद उत्पन्न भएर कर्फ्यु लगाउने अवस्था आएका बेला सीमा पारीको भारतीय प्रहरीले नेपालगन्जको धार्मिक सद्भावमाथि खलल पुर्‍याउने कार्य गरेको भन्दै ६ जनालाई पक्राउ गरेको छ। नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने मनसायले सामाजिक सञ्जालमार्फत उनीहरूले म्यासेज र भिडियो प्रवाह गरेको भन्दै भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

नेपालगन्ज्मा भएको दङ्गामा भारतीय घुसपैठ भएको चर्चा चलेकै बेला भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । रूपैडियास्थित भारतीय प्रहरीका अनुसार शुक्रबार एकजना, बिहीबार चारजना र बुधबार एकजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इकराम खाँ, जमील कुरैसी, इकबाल कुरैसी, मोहम्मद सोफियान, लम्बुनिवासी र सोनुनिवासी रहेको आदर्श थाना रूपैडियाका प्रहरी अधिकारी वरदान सेनाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई थाना रूपैडिया बहराइचको धारा १५१, १०७ र ११६ सिआरपिसीअन्तर्गत पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ। पक्राउ गरिएकाहरूलाई धार्मिक उन्माद फैलाउन आइटी गतिविधिसम्बन्धी मुद्दा चलाइने पनि प्रहरी अधिकारी वरदानले बताए ।

भारतीय प्रहरीले जारी गरेको प्रेस नोटका अनुसार रूपैडिया र बाबागन्जमा सुरक्षा निकायको सामाजिक सञ्जालमाथि लगातार सतर्क दृष्टि रहेको र यदि कसैले धार्मिक सौहार्द वा शान्ति भंग गर्छ भने उसलाई पक्राउ गरी जेलमा राखिने जनाइएको छ ।

भारतीय प्रहरीले नेपालगन्जको सदभावमा खलल पार्ने ६ जना पक्राउ गरेको भन्ने खबर आफुलेपनि सुनेको बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले बताए । उनले आधिकारीक सूचना नपाएपनि पक्राउ परेको भन्ने हल्ला आफुले सुनेको बताए । ‘भारतीय प्रहरीले आधिकारीक सूचना दिएका छैनन्, सुरक्षा संवेदशीलताका कारण सम्पर्क गर्न पनि सकिएको छैन,’ उनले भने, ‘बुझेर मात्र के हो, भन्न सकिन्छ ।’

यता नेपालगन्जमा लागेको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले शुक्रबार चारजनालाई पक्राउ गरेको थियो । शुक्रबार बिपी चोकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। गत १६ गते भएको ढुँगामुढाबाट घाइते भएकाहरु मध्य मेडिकल कलेज नसिंङ होम उपचार गर्न गएका अधिकांस भारतीय नागरिक रहेको नर्सिंङ होम स्रोतले जनाएको थियो ।

फोटो : सामाजिक सञ्जाल

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : ३४ बजे

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा