१० चैत्र २०८२, मंगलबार | March 24, 2026

हमास–इजरायल युद्धमा ४ अमेरिकी मारिएको पुष्टि



गाजा । इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका कारण अहिलेसम्म सयौंको ज्यान गइसकेको छ । यस युद्धले निम्त्याएको विनाशले सबैलाई हल्लाएको छ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस युद्धमा अहिलेसम्म १ हजार भन्दा बढीको ज्यान गएको छ भने हजारौं घाइते भएका छन । गत शनिबार देखी सुरु भएको युद्धमा सयौं अपहरणमा परेका छन, अझै त्यसको बिस्तृत बिवरण आइसकेको छैनन ।

यसैबिच, सीएनएनमा उल्लेख भएको समाचार अनुसार अमेरिकी कांग्रेसका सदस्यहरूले इजरायलमा भएको आक्रमणमा चार अमेरिकी नागरिकको पनि ज्यान गएको बताएका छन् ।

संसदको प्रमुख समितिको बैठकमा उक्त जानकारी दिइएको हो । युद्धमा ज्यान गुमाउने अमेरिकीहरुको संख्या बढ्दै गएको छ, तथ्यांक संकलन गर्ने कार्य जारी रहेको छ ।

उता, इजरायलको हवाई आक्रमणमा १४ प्यालेस्टाइनीको मृत्यु भएको हमासले जनाएको छ । मृत्यु हुनेमा बालबालिका र महिला पनि छन् । यो हवाई आक्रमण गाजाको रफाह क्षेत्रमा गरिएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : २१ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित