२६ माघ २०८२, सोमबार | February 9, 2026

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित



काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आजको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो ।

टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

पाकिस्तानका लागि अब्दुल्लाह शफिकले एक सय १३, मोहम्मद रिजवानले अविजित एक सय ३१, इफ्तीखार अहमदले अविजित २२, शाउद सकलिले ३१ तथा इमाम उल हकले १२ रन बनाए ।

बलिङतर्फ श्रीलङ्काका लागि दिलशन मदुसन्काले दुई विकेट लिए ।

यसअघि श्रीलङ्काका लागि ब्याटिङ गर्ने क्रममा कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले । मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए । उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए ।

उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे । उनले यस क्रममा सात चौका र एक छक्का हाने । धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए ।

बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक एक विकट लिए । जारी विश्वकपमा श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । पाकिस्तानले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : १३ बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य