१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा



काठमाडौं । अष्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै विश्वकप क्रिकेट-२०२३ को सेमिफाइनल यात्रा तय गरेको छ । पाँचपल्टको विश्वकप विजेता अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य साहसले भरिएको २ सय १ रन बनाए ।

जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो । निश्चित हारको सङ्घारमा रहेको अष्ट्रेलियाले यो जित निकालेको हो । म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नु अगाडि अष्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय स्थितिमा थियो । त्यही स्थितिबाट म्याक्सवेलले विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेले ।

उनले कुल १ सय २८ बलको सामना गरे र त्यस क्रममा २१ चौका र १० छक्का प्रहार गरे । उनले कमिन्ससँग मिलेर आठौं विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए । यससँगै अष्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको छ । अष्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम भएको छ ।

यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन् । यो जितपछि अष्ट्रेलियाको आठ खेलबाट १२ अङ्क भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान भने ८ अंकमै सीमित रह्यो ।

त्यस अगाडि इब्राहिम जार्डनको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए । विश्वकपमा अफगानिस्तानका लागि यो पहिलो शतकीय प्रदर्शन हो । यस्तै विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि हो ।

जार्डनले १ सय ४३ बलको इनिङ्समा आठ चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका लागि अर्का नटआउट ब्याटर रसिद खानले १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का आफ्नो नाममा लेखाए । जार्डनले प्रत्येक विकेटका लागि साथी ब्याटरसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : १३ बजे

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी

‘जागरण अभियानले जनतामा आशा जागेको छ’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे

खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू

प्रचण्डलाई पुनर्वास नगरपालिकामा विशेष स्वागत

कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ । राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन