९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

कर्णाली प्रदेश सरकारलाई भू-उपयोगी नीति तथा योजना हस्तान्तरण



सुर्खेत । कर्णाली प्रदेश सरकारलाई ‘कर्णाली प्रदेश भू-उपयोग नीति तथा जोखिम संवेदनशील भू-उपयोग योजना र निर्देशिका’ हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित भू-उपयोग नीति, योजना तथा निर्देशिकासम्बन्धी कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका सहायक आवासीय प्रतिनिधि विजय सिंहले उक्त नीति, योजना तथा निर्देशिका सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव डा. नरहरिप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका हुन ।

कार्यशाला गोष्ठीमा भू-उपयोग नीति, योजना तथा निर्देशिकाका बारेमा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले संक्षिप्त जानकारी दिए । उनले कर्णाली प्रदेश भू-उपयोग नीति तथा जोखिम संवेदनशील भू-उपयोग योजना निर्माणका प्रक्रिया, यसको आवश्यकता र नीति तर्जुमाका संवैधानिक, नीतिगत र कानूनी आधार, प्रदेश विकासका प्रमुख संवाहकहरु, नीतिको दीर्घकालीन सोच, लक्ष्य र उद्देश्यका सम्बन्धमा सरोकारवालाहरुलाई बताए  ।

गोष्ठीमा बोल्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भू-उपयोग नीति ल्याउन कर्णाली प्रदेश सरकारले अन्य प्रदेशको तुलनामा अगुवाईको भूमिका निर्वाह गरेको बताए । कर्णाली प्रदेश सरकारको विकासको जग बसिसकेको बताउँदै उनले भूमि व्यवस्था मन्त्रालयले ल्याएको भू-उपयोग नीति समय सापेक्ष भएको र आवश्यकताका आधारमा बदल्न सकिने जनाएका छन ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले सरकारको लागत क्षमतामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोग पुगेको बताए । जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम प्रदेश सरकारले गरेको बताउँदै मन्त्री शर्माले कृषि क्षेत्रमा पुग्न जाने क्षतिमा २० प्रतिशत राहत दिनेगरी नीति बनाउन थालिएको जनाए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भू-उपयोग नीति प्रदेश सरकारको महत्वपूर्ण दस्ताबेज भएको प्रतिक्रिया दिएका छन् । उनले भने,  “प्रदेश सरकारलाई नीति हस्तान्तरण गरिएको छ । समयगतरुपमा यसलाई सम्बोधन गर्न सकिन्छ । भू-उपयोग ऐनको दफा १६ मा प्रदेश भू-उपयोग परिषद्को व्यवस्था गरिएको छ ।”

त्यसअनुसार कार्यक्रम स्वीकृत गरी कार्यान्वयन हुन सक्ने अवस्था रहेको जनाउँदै सचिव दुवाडीले नीतिलाई परिपूरक बनाउन संघीय गरिबी निवारण मन्त्रालयले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन । उक्त नीति प्रभावकारी कार्यान्वयन गर्न उनको सुझाव थियो ।

युएनडिपीका सहायक आवासीय प्रतिनिधि सिंहले कर्णाली प्रदेशको समग्र अवस्थालाई अध्ययन गरी प्राथमिकता राखेर भू-उपयोग नीति निर्माणमा सहयोग गर्ने अवसर मिलेको बताए । कर्णाली प्रदेश सरकारको लक्ष्य र उद्देश्यमा रहेर भू-उपयोग नीति निर्माणमा सहयोग गरिएको र आगामी दिनहरुमा पनि सरकारको आवश्यकतामा साथमा रहने उनकाे भनाई थियो ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका सहरी योजनाकार वर्षा चित्रकारले कर्णालीको भू-बनोट, यहाँको बहुप्रकोपीय जोखिमको नक्साङ्कन, उच्च, मध्यम र निम्न जोखिम क्षेत्रको अध्ययन तथा भूमिको अभिलेख व्यवस्थान हुने गरी भू-उपयोग नीति बनाउन प्रदेश सरकारसँग सहकार्य गरिएको जनाएकी छिन् ।

दूरदृष्टि, उद्देश्य, नीति तथा रणनीति निर्माणका साथै कर्णालीको जैविक एवं साँस्कृतिक विविधतालाई ध्यानमा राखेर नीति बनाउन योगदान दिइएको योजनाकार चित्रकारले बताए । उक्त कार्यक्रममा यहाँका दशवटै जिल्लाका जिल्ला समन्वय समिति एवं नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्ष, प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारु, विषयगत मन्त्रालयका प्रदेश सचिव, निर्देशक तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ४० बजे

नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह