६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीको सियारीमा बजार अनुगमन तिव्र, म्याद गुज्रिएका सामाग्री नष्ट



भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाले बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ । सियारी गाँउपालिका तथा गाँउपालिकाको कार्यालयले सियारी वडा नम्बर एकका पसलहरुमा अनुगमन गरेको हो ।

बजार अनुगमनलाई नियमितता दिएको सियारीले वडा नम्बर एकमा रहेका किराना पसल, मिनि मार्ट, मासु पसल, फेन्सी लगाएतका पसलहरुमा अनुगमन गरेको हो ।

पालिकाले वडा नम्बर एकमा रहेका ५० बढी पसलमा अनुगमन गरेको थियो । वडा अध्यक्ष अरुण कुमार शाहि, पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थी, आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेल, आर्थिक बिकास शाखा प्रमुख गणेशप्रसाद खनाल, बाणिज्य कार्यालय रुपन्देहीका सुचना अधिकारी नारायण पन्थी, पालिकाका बिभिन्न शाखाका प्रतिनिधि लगाएत स्थानिय प्रहरी, नगरप्रहरी लगाएतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

अनुगमन गरिएका मध्ये केहि किराना पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री जफथ गरी नष्ट गरिएको पालिकाका प्रमुख प्रशाशकिय पन्थीले जानकारी दिए । अनुगमनका क्रममा बिभिन्न ब्राण्डका मसलाका प्याकेट, काजु, मह, मच्छड धुप लगाएतका म्याद गुज्रिएका सामान फेला पारी नष्ट गरिएको प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी दिए ।

‘किराना पसलहरुमा अनुगमन गर्दा हामीले म्याद गुज्रिएका अखाद्य सामाग्री फेला परेका सवै सामाग्रीलाई वडा कार्यालयमा ल्याएर नष्ट गरिएको छ, प्रमुख प्रशाशकिय अधिकृत पन्थीले भन्नु भयो म्याद गुज्रिएका सामानबारेमा सचेत समेका छौ ।
अनुगमन गरिएका मध्ये अधिकांश पसल पालिकामा सुचिकृत नभएको पाईएको आर्थिक बिकास शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए । उनले पालिकामा सचिकृत नभएका पसलहरुलाई एक महिना भित्रमा पालिकामा आएर दर्ता हुन आग्रह गरिएको बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ४३ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन