२३ बैशाख २०८१, आइतबार | May 6, 2024

जुम्लामा हवाई इन्धन डिपो स्थापना गरिने



सुर्खेत। कर्णाली प्रदेशको जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो। जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो।

तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन। जुम्ला विमानस्थल विस्तार, हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा ९तामाङ० लामो समयदेखि पहल गर्दै आएकी थिइन्। आयल नियमले असोज २२ मा जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गर्ने जनाएको उनले बताइन्।

तत्काल अध्ययन समिति बनाई कार्य प्रारम्भ गर्न नेपाल आयाल निगम नेपालले सोमबार जारी गरेको सिफारिस पत्रमा सो कुरा उल्लेख छ। डिपो स्थापनाका लागि दसैंपछि निगमको टोली जुम्ला जाँदै छ। ‘जग्गा प्राप्तिका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल भएको छ,’ सांसद लामा तामाङले भनिन्, ‘स्थलगत अनुगमन र कार्यान्वयनका लागि दसैं र तिहारको बीचमा नेपाल आयाल निगमको प्राविधिक टोली जुम्ला जाने सहमति भएको छ । विस्तृप्त अध्ययनपश्चात् तत्काल नै डिपो स्थापना हुनेछ।’

कर्णालीका सबै जिल्लामा उडान गर्न सहज हुने र सुरक्षित विमानस्थल पनि जुम्लालाई मान्ने गरिएको छ। तर, नियमित उडान नहुँदा समस्या भएको छ। हवाई इन्धनको डिपो जुम्लामै भएको खण्डमा जुम्ला हुँदै हुम्ला, डोल्पा, मुगु जाने आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि हुने आशा गरिएको पर्यटन व्यवसायी बताउछन्। सांसद ९तामाङ० अनुसार धावनमार्गको जग्गा अधिग्रहणका लागि सोको मुअब्जा वितरण गर्नका लागि हाल ५० लाख रुपैयाँ मात्रै विनियोजन भएको छ। थप बजेट रकमान्तरको समयमा व्यवस्था हुनेछ।

यद्यपि नागरिक उड्डयन प्राधिकरणले जुम्ला विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख बजेट विनियोजन गरेको छ। उक्त बजेट तत्काल नै कार्यान्वयन हुने स्थिति छैन। जुम्ला विमानस्थल विस्तारका लागि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । जसका लागि ४८ करोड बजेट आवश्यक पर्ने देखिएको छ । तर, अहिलेसम्म जग्गा अधिग्रहणका लागि बजेट विनियोजन हुन सकेको छैन। जग्गा अधिग्रहणका लागि परामर्श गर्न पत्र आए पनि बजेट नआएसम्म कुनै काम अघि नबढ्ने देखिएको छ।

जग्गा अधिग्रहणका लागि पहिलो चरणमा न्यूनतम २० करोडसम्म बजेट छुट्ट्याइदिन दबाब दिएको छ। जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएसम्म विमानस्थल विस्तारका लागि आएको बजेट कार्यान्वयन नहुने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए । विगतको भन्दा पछिल्लो वर्षमा जुम्ली सांसदहरू सबै आ–आफ्नो ठाउँबाट लागेमा बजेट जुट्ने आशा उनको छ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : ४८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa