२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रुपन्देही-२ कांग्रेसको क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहबाट फर्सुराम ढकालको उम्मेदवारी



बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ को सभापतिका लागि बुधबार संस्थापन इतर समूहले उम्मेदवारी घोषणा गरेको छ । बुटवलमा शेखर कोइराला समूहले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको उपस्थितिमा फर्सुराम ढकाललाई सभापतिको उम्मेदवार बनाउने घोषणा गरेको हो ।

रिक्त रहेको सभापति पदमा सहमति जुट्न नसकेकेपछि संस्थापन पक्ष र इतर पक्ष दुवैले उम्मेदवार खडा गरेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्ट हुँदै सभापति हरि लम्सालले ०७९ वैशाख ९ गते साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । सभापतिका राजीनामापछि उक्त पद १८ महिनादेखि रिक्त छ ।

सहमतिको प्रयास विफल भएपछि सभापति पदका लागि ढकाललाई अगाडि सारिएको कोइराला पक्षको भनाई छ । सो अवसरमा ढकालले पार्टीलाई एकताबद्ध, गतिशील र आउँदो निर्वाचनमा बढीभन्दा बढी सिट ल्याउने योजनासहित आफू सभापतिमा उठ्न लागेको बताए ।

पार्टीभित्र रहेका असन्तुष्टि हटाउने र पार्टीलाई साझा बनाउने आफ्नो प्रमुख भूमिका हुने उनले दाबी गरे । असोज २७ गते हुने सभापतिको निर्वाचनमा ६७२ प्रतिनिधिले मतदान गर्नेछन् । संस्थापन पक्षबाट भने प्रजापाल गिरी सभापतिको उम्मेदवार बन्ने सम्भावना बढी छ । यद्यपि, उक्त पक्षबाट औपचारिक निर्णय भने गराइएको छैन ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : १७ बजे

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा