१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रुपन्देही-२ कांग्रेसको क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहबाट फर्सुराम ढकालको उम्मेदवारी



बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ को सभापतिका लागि बुधबार संस्थापन इतर समूहले उम्मेदवारी घोषणा गरेको छ । बुटवलमा शेखर कोइराला समूहले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको उपस्थितिमा फर्सुराम ढकाललाई सभापतिको उम्मेदवार बनाउने घोषणा गरेको हो ।

रिक्त रहेको सभापति पदमा सहमति जुट्न नसकेकेपछि संस्थापन पक्ष र इतर पक्ष दुवैले उम्मेदवार खडा गरेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्ट हुँदै सभापति हरि लम्सालले ०७९ वैशाख ९ गते साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । सभापतिका राजीनामापछि उक्त पद १८ महिनादेखि रिक्त छ ।

सहमतिको प्रयास विफल भएपछि सभापति पदका लागि ढकाललाई अगाडि सारिएको कोइराला पक्षको भनाई छ । सो अवसरमा ढकालले पार्टीलाई एकताबद्ध, गतिशील र आउँदो निर्वाचनमा बढीभन्दा बढी सिट ल्याउने योजनासहित आफू सभापतिमा उठ्न लागेको बताए ।

पार्टीभित्र रहेका असन्तुष्टि हटाउने र पार्टीलाई साझा बनाउने आफ्नो प्रमुख भूमिका हुने उनले दाबी गरे । असोज २७ गते हुने सभापतिको निर्वाचनमा ६७२ प्रतिनिधिले मतदान गर्नेछन् । संस्थापन पक्षबाट भने प्रजापाल गिरी सभापतिको उम्मेदवार बन्ने सम्भावना बढी छ । यद्यपि, उक्त पक्षबाट औपचारिक निर्णय भने गराइएको छैन ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : १७ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।