२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बाँकेका प्रजिअ मन्त्रालय तानिए, बाँकेमा श्रवण पोखरेल



नेपालगन्ज । समयमै निर्णय लिन नसक्दा नेपालगन्जमा धार्मिक दङ्गा फैलिएको भन्दै आलोचना खेपेका बाँकेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय तानिएको छ । गृहमन्त्रालयले बाँकेका प्रमुख जिल्ल अधिकारी विविन आचार्यलाई मन्त्रालय तानेको हो ।

गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यसहित अन्य चार जिल्लाका सिडिओ जिम्मेवारी पनि हेरफेर गरेको छ । गृहले बाँके सहित सर्लाही, इलाम र दोलखाका प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

बाँकेमा श्रवणकुमार पोखरेललाई पठाईएको छ भने बाँकेका आचार्यलाई मन्त्रालय तानिएको छ । सर्लाहीमा कोमलप्रसाद धमला, इलाममा इन्द्रदेव यादव र दोलखामा टुवराज पोखरेललाई पठाइएको छ ।

नेपालगन्जमा सामान्य सामाजिक सञ्जालको स्टाटसबाट सुरु भएको धार्मिक विवादमा बेलैमा स्थानीय प्रशासन र प्रहरीले प्रभावकारी कदम नचाल्दा दुई समुदायबीच झडपको स्थिती आएसंगै झण्डै एक साता कर्फ्यु र निषेधाज्ञा लगाउनु परेको थियो ।

सहसचिव आचार्यलाई गृह मन्त्रालयमा तानिँदा उनको ठाउँमा इलामका प्रजिअ पोखरेललाई पठाइएको छ । पोखरेल यसअघि इलाममा, धमला दोलखा र यादव सर्लाहीमा सिडिओका रूपमा कार्यरत थिए । दोलखामा पठाइएका सहसचिव पोखरेल गृह मन्त्रालयमा कार्यरत थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ८ : १९ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न