१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपालगन्जमा भिषण आगलागी, ७ बढी फर्निचर पसल जलेर नष्ट



नेपालगन्ज । नेपालगन्जको बिपी चोक नजिकै आगलागी हुँदा ७ बढी पसल जलेर नष्ट भएको छ ।

नेपालगञ्जको बिपी चोक सुर्खेत रोड आर्या ट्रेडर्स फर्निचर पसलबाट बिहान करिव ४ः४५ बजेतिरबाट आगलागी सुरु भएको बताइएको छ । बागेश्वरी मन्दिर जाने बाटोमा रहेको उक्त पसलबाट सल्केको आगोले यो समाचार तयार हुँदा सम्म ७ वटा पसल जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाको दुई वटा दमकल र कोहलपुरबाट आएको दमकलले आँसिक निमन्त्रणमा लिएको छ । पसलहरुबाट धुँवा आइरहेकाले पूर्ण नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी भैरहेको टोलमा लस्करै करिब १४,१५ वटा फर्निचरको पसल रहेकोले एकपछि अर्को पसलमा आगो सल्किदै गएका कारण नियन्त्रणमा समय लागेको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । ‘एउटा पसलमा आँसिक क्षती भएको छ, बाँके सबै पसल जलेर नष्ट भएको छ ।’ उनले भने । पूर्णरुपमा आगो नियन्त्रणमा आएपछि मात्र क्षतीको विवरण संकलन गर्न सकिने डीएसपी डाँगीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ५५ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।