३ पुस २०८२, बिहिबार | December 18, 2025

आइसिसी विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं । आइसिसी विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुँदै छ । भरतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ ।

जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना सुरुवाती २-२ खेल जितेका छन् । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले र दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो ।

पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले र दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो । क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।

एक दिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक कडा प्रतिस्पार्धा भएको छ । र, सबै खेल भारतले जितेको छ । विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । विश्वकपमा पाकिस्तानले भारतलाई पराजित नगरे पनि एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा भने पाकिस्तानले धेरै खेल जितेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ५१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका