२० मंसिर २०८२, शनिबार | December 7, 2025

भाषा जाेगाउनका लागि भक्तपुरबाट काठमाडाैं र ललितपुरसम्मकाे साइकल रयाली सुरु



भक्तपुर । भक्तपुरको ल्यसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको प्रचारार्थ साइकल रयाली आज विहानबाट सुरु भएको छ ।

रयाली भक्तपुरबाट काठमाडौं र ललितपुरका विभिन्न सहरहरुको परिक्रमा गरी भक्तपुर मै पुगेर टुंगिने छ ।

नेपालभाषा साहित्यको क्षेत्रमा “जनता म्वाःसा भाषा म्वाइ” (जनता रहे, भाषा रहन्छ) भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुयाउने उद्वेश्यका साथ विगत ४३ वर्षदेखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र अन्य गतिविधिहरू भक्तपुरका विभिन्न स्थानहरूमा बर्सेनी हुदैँ आएको छ । सोही अनुरुप यसवर्ष ४३ औं नेपाल भाषा साहित्य सम्मेलन तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भनपा- ५ ल्यासिंख्य टोलमा आउँंदो कार्तिक ९ र १० गते बिहान ११ बजेदेखि दुई दिवसीय रूपमा हुन गइरहेको हो । त्यसैको प्रचारार्थ रयाली निकालिएको हो ।

साइकल रयाली बिहान ६ बजेबाट सुरु भएको छ । रयाली सुरु हुनु अघि बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले रिवन काटेर उदघाटन गरेका थिए । त्यस अवसरमा उनले तमुज्याका विविध विषयमा कुरा राखेका थिए ।

साइकल यात्रा सुरुवात यस पटकको तःमुंज्या आयोजना हुने स्थान ल्यसिंख्यबाट भएको हो । याली मार्ग (जम्मा दुरी ४० कि.मी) को रहने छ । रयाली भक्तपुरको तःमुंज्या ग्वसाखलः (ल्यसिंख्य) बाट सुरू भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमारी, नासमना, भार्वाचो, च्वङा गणेश हुँंदै भक्तपुरको मध्यपुर थिमिको राधे राधे पुग्नेछ । त्यहाँंबाट पुनः मध्यपुर थिमिकै शंखधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमी, पेप्सीकोला, जडीबुटी हुँंदै काठमाडौंको कोटेश्वर पुग्ने छ । त्यहाँंबाट तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, न्युरोड गेट, बसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर थापाथली हुँंदै ललितपुरको कुपण्डोल पुग्ने छ ।

त्यहाँंबाट पाटन ध्वाका, न्याखचुक पुगी नेवाः समयबजी (खाजा) कार्यक्रम हुनेछ । न्याखचुकबाट पाटन, बंगलामुखी, स्वथा, मंगलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, हुँदै भक्तपुरको सूर्यविनायक नगरपालिका सिरूटार पुग्ने छ । त्यहाबाट चित्रपुर, गाम्चा, पाण्डुबजार, सुर्यविनायक, राममन्दिर, गःहिती हुँदै ल्यसिंख्य नै पुगी समापन हुनेछ । साइकल रयालीमा सहभागी हुने इच्छुकले  २०० रूपैयाँको अनलाइन फारम भर्नुपर्ने थियो ।

गोर्खा इको प्यानलले प्रायोजन गरेको सो साइकल यात्राका लागि प्राविधिक सहयोग जुजु बाइक्सले गर्ने र त्यसैगरी सहयोगी संस्था साइकल कनेक्ट भक्तपुर हुने तःमुंज्याका आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ३६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल