१६ पुस २०८२, बुधबार | December 31, 2025

उपराष्ट्रपति यादवद्वारा विश्व हात धुने दिवसको शुभकामना



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विश्व हात धुने दिवस’, २०२३ को अवसरमा सम्पूर्ण नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेका छन । सन् २००८ यता विश्वभर हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाइन्छ ।

उनले शुभकामना सन्देशमार्फत साबुनपानीले हात धुँदा पखाला र निमोनियाको जोखिम कम हुनुका साथै गम्भीर रोग र अनाहकमा मुत्यु हुनबाट पनि जोगाउन सहयोग पुग्ने उल्लेख गरेका छन । साबुनपानीले हात धुँदा इन्फ्लुएन्जा र कोभिड-१९ लगायत अन्य सङ्क्रमण र भाइरसको विस्तारलाई पनि रोक्ने उनले बताए ।

यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो । जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो ।

साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउँदछ । खाना पकाउनुअघि र पछि, खाना खानुअघि र पछि, शौचालय गएपछि, नाक-मुख-आँखा छोएपछि, खोक्दा वा हाछयुँ गर्दा हातले छोपेपछि हात धुने स्वस्थ बानी सबैले बसाल्न जरुरी रहेको उनले उल्लेख गरेका छन ।

उपराष्ट्रपति यादवले अधिकांश अवस्थामा सङ्क्रमण मानिसको हातकै माध्यमबाट हुने गरेको उल्लेख गर्दै एक व्यक्तिबाट अर्कोमा विषाणु सर्ने प्रमुख माध्यम पनि हात नै भएकाले विद्यालय, कार्यालय, सार्वजनिकस्थल, यातायात, चर्पीआदिको प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात सफा गर्नुपर्ने बताएका छन । यो दिवसलाई साबुनपानीले हातधुने बानी बसाल्ने प्रण र सङ्कल्प लिने दिवसका रूपमा सबैले लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ७ : ५७ बजे

पुषभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढ्यौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी एकता, आत्मविश्वास

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी लिन प्रदेश सरकार तयार : मुख्यमन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई

ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत

टेक्सस । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली

स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

स्याङ्जा । आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा

१७ वर्षीय ईशानको रहस्यमय मृत्युले उठायो गम्भीर प्रश्न : ‘दुर्घटना होइन, सुनियोजित हत्या’

बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका-३ रुद्रपुरमा १७ वर्षीय ईशान शर्मा