१५ माघ २०८२, बिहिबार | January 30, 2026

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिदैं



काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउने छन् ।

मुख्यमन्त्रीको शपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए । आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी छ । नेकपा एमालेबाट एकजना र कांग्रेसबाट एकजनालाई मन्त्री बनाउने तयारी छ ।

कार्की एमाले र काँग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेतृत्वको सरकार संविधानको धारा १६८ ९५० अनुसारको हो । कार्कीले अबको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । उनले विश्वासको मत पाउन नसके कोशीमा मध्यावधि हुनेछ ।

सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको निर्णयको विरुद्धमा गई कार्कीले मुख्यमन्त्रीमा दाबी गर्दा उनलाई एमालेले साथ दिएको थियो । यसबाट सत्ता गठबन्धनमा फुट निम्तने आकलन गरिए पनि शनिबार नै काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शशाङ्क कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी गठबन्धन एक रहेको सन्देश दिएका थिए ।

लगत्तै चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले कार्की गठबन्धनको पनि मुख्यमन्त्री रहेको बताएका थिए। केन्द्रीय नेताहरुले सहमति गरेपनि प्रदेशमा कार्कीसँग माओवादी रुष्ट छ । माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो मुख्यमन्त्री बन्नबाट बञ्चित भएका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ३८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला