१६ पुस २०८२, बुधबार | December 31, 2025

इनरुवा सभालाई सम्बोधन गर्न कमल थापा आज सुनसरी जाँदै



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीको सुनसरी जिल्ला कार्य समितिद्वारा आज आयोजित बिरोध सभालाई सम्बोधन गर्न इनरुवा जाने भएका छन् ।

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाए पछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभुमी निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

२०६२–६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बिकल्पमा राजासहितको प्रजातन्त्र ,सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।

सभामा सहभागी हुन अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्री राजाराम बर्तौला ,सह-महामन्त्री तेजकुमार कुरुङ्वाङलगायत नेताहरु सुनसरी जाने पार्टीले जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ६ : ५० बजे

नेपाली महावाणिज्यदूत र सिजाङ अध्यागमनका महानिर्देशकको भेट

काठमाडौं । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ (तिब्बत)

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय मेलमिलाप आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व