१० चैत्र २०८२, मंगलबार | March 24, 2026

आज देखी नयाँ नोट बजारमा, एक जनाले १८ हजार ५ सयसम्म साटन पाउने



काठमाडौं । आज देखी नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ ।

नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो ।

जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्वसाधारणलाइ दिदैँछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुबिधा दिएको हाे ।

उता, काठमाडौं उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी ब्यबस्था मिलाएकाे छ ।

राष्ट्र बैङ्कले हरेक वर्ष दशै‌ अगावै चाडबाडकाे अवसरमा नयाँ नोट सटहीको सुविधा सर्वसाधारणलाइ दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएकाे छ । प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ३६ बजे

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि