१५ माघ २०८२, बिहिबार | January 29, 2026

हराउँदै घर लिप्ने परम्परा



सुर्खेत । बडादशैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ । बडादशैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ । परदेसिएका आफन्तहरू पनि दशैँको मौका पारेर घर फर्किने गर्दछन् ।

दशैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण मानिन्छ। रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन् । रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दशैँ आएको अनुभूति हुन्थ्यो । पछिल्लो समय भने रातोमाटो र कमेरोले घर लिप्ने चलन विस्तारै लोप हुँदै जान थालेको छ ।

आधुनिकताले परम्परागत घर विस्थापित हुँदै जाँदा रातो माटो र कमेरोले घर पोतिन छाडेका छन् । गाउँमा खर र ढुंगे घर हराउँदै जाँदा घर पोत्ने परम्परा पनि हराउँदै जान थालेको बनगाड कुपिण्डे नगरपालिका–३ की सुशीला पुनले बताइन् ।

उनले भनिन्, ‘पहिले सबै घर रातो माटो र कमेरोले लिप्ने चलन थियो तर आजभोलि पक्की घर बन्न थालेपछि अरू रङ लगाउने चलन छ ।’ आफ्नो घर ढुंगामाटोको भएकाले अहिले पनि घर लिप्दै आइरहेको उनको भनाइ छ ।

पहिले घर लिप्ने माटो ल्याउन गाउँभरका सबै एकैपटक जाँदा रमाइलो पनि हुन्थ्यो र सुखदुःखका कुरा साटासाट पनि हुन्थे तर आजभोलि पक्की घर बन्न थालेपछि गाउँघरका जम्मा भएर सुखदुःख साटासाट गर्ने संस्कार पनि हराएको देवबहादुर विकको भनाइ छ ।

गाउँमा ढुंगा, माटो र खरले बनेका घर विस्तारै हराउँदै जान थालेका छन् । अचेल फलाम, जस्तापाता र सिमेन्टका घर बन्न थालेपछि बजारबाटै आउने रङ प्रयोग हुँदा परम्परागत मौलिकता पनि हराउँदै जान थालेको उनले बताए ।

सरकारले फुसका छाना हटाउने अभियान चलाउँदा पनि परम्परागत मौलिकता हराउँदै जान थालेको स्थानीयको भनाइ छ । अहिले बजार कुन हो गाउँ कुन छुट्याउन पनि गाह्रो हुने गरेको सुमित्रा बिसीको भनाइ छ ।

बजारमा पनि ठूला ठूला पक्की घर छन् । गाउँघरमा पनि विस्तारै पक्की घर बन्दै जाँदा शहर र गाउँबीचको दूरी पनि हट्दै गएको अनुभूति हुने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘पहिले आफ्नो घर राम्रो देखाउन टाढा टाढाबाट रातो माटो, कमेरो बोकेर ल्याइन्थ्यो । भित्र बाहिर लिपेर चिटिक्क पारिन्थ्यो तर आजभोलि बजारबाट रङ ल्यायो लिप्यो ।’

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ४३ बजे

काठमाडौं र तराई क्षेत्र हुस्सु-कुहिरोले ढाकियो , हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको