मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत भैंसे-हेटौँडा सडकखण्डको बागझोरामा गए राति भैसेँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी-१ बस्ने रमन बस्नेत घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रनाउ भण्डारीले बताए ।
मोटरसाइकलको ठक्करबाट मत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका-४ हस्नापुरका ३६ वर्षीय साइकलयात्री डाटाप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बर्दगोरिया गाउँपालिका-२ स्थित पूर्व-पश्चिम राजमार्गमा बा ७८ प ३६४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले बताए ।
मोटरसाइकल र मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-७ का चाकाबारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















प्रतिक्रिया