६ पुस २०८२, आइतबार | December 22, 2025

गाजामा कुनै मानवीय सङ्कट छैन- इजराइली प्रतिरक्षा फौज



तेल अविव । प्यालेस्टिनीहरूलाई दक्षिणतिर जाने आदेशका बीच इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले गाजापट्टीमा ‘कुनै मानवीय सङ्कट’ नभएको दाबी गरेको दि टाइम्स अफ इजराइलले शनिबार बताएको छ ।

आईडीएफका अनुसार उत्तरी गाजाको करिब ११ लाख जनसङ्ख्यामा करिब सात लाख मानिस पछिल्लो केही दिनमा दक्षिणतिर गएका छन् ।

“अहिलेसम्म गाजामा कुनै मानवीय सङ्कट छैन, गाजापट्टीको दक्षिणमा केही दिनमा मानिसहरूलाई लैजान कठिन भइरहेको छ तर उनीहरूको सङ्ख्या भने बढिरहेको छ”, एक इजराइली सुरक्षा अधिकारीले टाइम्स अफ इजराइललाई भने, “गाजामा पानीको कुनै कमी छैन, आगामी साताका लागि पर्याप्त खाद्यान्न छ, यो औषधिको आपूर्तिको अतिरिक्त हो, जहाँसम्म हामीलाई के थाहा छ भने अस्पतालमा कुनै कमी भएको छैन ।”

यसैबीच आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले एक पत्रकार सम्मेलनमा खाद्यान्न, पानी र चिकित्सा सामग्री इजिप्टको रफाह क्रसिङको माध्यमबाट गाजाको दक्षिणी भागमा प्रवेश गर्ने तर इन्धनलाई अहिले पनि गाजामा पठाउन अनुमति नभएको बताए ।

“इन्धनले गाजामा प्रवेश पाउने छैन” उनले भने, “आईडीएफले हमासका गढहरूमा हमला जारी राख्नेछ ।”

गाजाको यो भयानक अवस्थालाई मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयले बिहीबार एक विज्ञप्तिमा उल्लेख गर्दै ६० प्रतिशतभन्दा बढी प्राथमिक हेरचाह सुविधाहरू हाल बन्द रहेको र गाजाका अस्पतालहरू ध्वस्त हुने अवस्थामा पुगेको जनाएको छ ।

सीएनएनका अनुसार यो सङ्कट विशेषगरी विद्युत, औषधि, चिकित्सकीय उपकरण र विशेष कर्मचारीहरूको गम्भीर अवस्थाका कारण भएको हो ।

भयानक मानवीय सङ्कटका आशङ्काका बीच गाजामा अवस्था प्रत्येक घन्टा बिग्रिँदै गइरहेको छ र कयौँ अधिकार समूहहरूले गाजापट्टीमा भइरहेको अभावका कारण हुने घातक परिणामको चेतावनी दिइरहेका छन् । साथै उनीहरूले रफाह क्रसिङको माध्यमबाट महत्वपूर्ण आपूर्तिको अनुमति दिन आग्रह गरिरहेका छन् ।

जारी इजराइली हमलाका कारण गाजामा सात अस्पताल र २१ प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘सेवाबाट बाहिर’ हुन बाध्य बनाएको छ । यसका अतिरिक्त जारी सङ्घर्षमा ६४ स्वास्थ्यकर्मीको ज्यान गएको सीएनएनले प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै शुक्रबार बताएको थियो ।

हमासले इजराइलमाथि गरेको भीषण हमलापछि पहिलो पटक शनिबार इजिप्ट र गाजाको बीच रफाह क्रसिङ पार गर्दै तीन हजार टनभन्दा धेरै मानवीय सहायता गाजामा प्रवेश सुरु भएको छ । करिब तीन हजार टन सहायता सामगी लिएर दुई सयभन्दा धेरै ट्रक गाजातिर प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : ३२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको