७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दसैँमा पनि निरन्तर



तनहुँ । ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दसैँको बिदामा पनि निरन्तर रहने भएको छ ।

आयोजनाको प्याकेज–१ अन्र्तगत ‘डाइभर्सन टनेल’को निर्माणलाई निरन्तरता दसैँपछि नदी पर्काउने योजनाका रहेको आयोजनाले जनाएको छ । कतिपय जनशक्ति दसैँ नमान्ने रहेकाले निर्माणकार्यलाई निरन्तरता दिइएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए।

आयोजनाको कूल एक हजार चार सय ५६ मिटर सुरुङ्गमध्ये बाँकी रहेको तीन सय ५६ मिटर खन्ने काम भैरहेको रहेको छ । त्यसैगरी, प्याकेज–२ अन्तर्गत मुख्य सुरुङका साथै इलेक्ट्रोनिक्स मेकानिकल र टर्बाइनलगायत निर्माण कार्य गरिने उनले बताए।

उक्त दुईवटा प्याकेजका लागि करिब एक सयको हाराहारीमा जनशक्ति परिचालन हुने सो आयोजनाले जनाएको छ । निर्माणाधीन आयोजनाको समग्रमा भौतिक प्रगतितर्फ हालसम्म ४६ प्रतिशत कार्य पूरा भैसकेको तनहुँ जलविद्युत् लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

“मुख्य टनेलको पानी फर्काउनका लागि दसैँमा काम छाड्न मिल्दैन्”, उनले भने, “दसैँ लगत्तै नदीको पानी फर्काउने ठूलो टनेलको काम गर्नुपर्ने भएकाले निर्माणकार्य अघि बढाएका हौँ ।” प्याकेज–१ को निर्माण ठेक्का सोङ दा–कालिका जेभीले विसं २०७७ चैत्र ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता गरेको थियो ।

त्यसैगरी,प्याकेज–२ अन्तर्गत १, २ र ३ को पावरहाउस जाने टनेलको सबै निर्माणकार्य सम्पन्न गरेको छ । यस प्याकेजअन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने कार्य भैरहेको छ । वन नीतिका कारण अहिले विद्युत् टावर निर्माणकार्य रोकिन पुगेको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए ।

कूल ३४ दशमलव ७ किलोमिटर प्रशारण लाइनमा ९४ वटा टावर राखिनेछ । हालसम्म करिब एक किलोमिटर प्रशारण लाइन जडान गरिएको आयोजनाले जनाएको छ । प्रशारण लाइनको सन् २०२२ मेसम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई भएका कारण सन् २०२४ डिसेम्बर १९ सम्म समयअवधि थप गरिएको छ ।

त्यसैगरी, आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।

विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता गरेको थियो । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाई र ५१ मिटर उचाइ भएको भूमिगृत विद्युत्गृहको सुरुङ्ग खन्ने कार्य सम्पन्न गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ९ : २२ बजे

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल