२ जेष्ठ २०८१, बुधबार | May 16, 2024

सशस्त्र प्रहरीले टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा संचालन गर्ने



काठमाडौं । विजया दशमी (टीका)को दिन सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।

दशैंको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणलाई सहजताका प्रदान गर्न भन्दै उपत्यकाका दुई वटा रुटमा निःशुल्क बस सेवा दिइने सशस्त्र प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरणमा निःशुल्क बस सञ्चालन हुनेछन् ।

बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुनःनक्शालसम्म निःशुल्क सेवा दिनेछ ।

सशस्त्रकै अर्को बा १ ग २६०८ नम्बरको बसले, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निःशुल्क सेवा सञ्चालन हुने छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १० : २८ बजे

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन