२० असार २०८३, शनिबार | July 4, 2026

सशस्त्र प्रहरीले टीकाको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा संचालन गर्ने



काठमाडौं । विजया दशमी (टीका)को दिन सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।

दशैंको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणलाई सहजताका प्रदान गर्न भन्दै उपत्यकाका दुई वटा रुटमा निःशुल्क बस सेवा दिइने सशस्त्र प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरणमा निःशुल्क बस सञ्चालन हुनेछन् ।

बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुनःनक्शालसम्म निःशुल्क सेवा दिनेछ ।

सशस्त्रकै अर्को बा १ ग २६०८ नम्बरको बसले, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निःशुल्क सेवा सञ्चालन हुने छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  १० : २८ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली