२० मंसिर २०८२, शनिबार | December 6, 2025

पहिला दुर्गा विसर्जन, त्यसपछि मात्र टीका



काठमाडौं । बडादसैंको दिन मान्यजनको हातबाट टीका थाप्ने विषयमा सबै जानकार रहेपनि टीका थाप्नु अघि अपनाउनुपर्ने बिधिका विषयमा धेरैलाई थाहा नहुन सक्छ । टीका थाप्नु अघि घटस्थापना देखि दशमीको तिथीसम्म बिभिन्न बिधि अपनाउनुपर्ने जानकारहरुले बताउने गरेका छन् ।

घटस्थापनादेखि आरम्भ हुने् दर्सैको प्रक्रिया दशमीको दिन टीका लगाई सम्पन्न हुने गर्दछ । घटस्थापनादेखि दशमीसम्म दुर्गा भवानीको बिभिन्न स्वरुपहरुको नित्य पूजा गरिन्छ । शुरुमा घटस्थापना गरिन्छ, सप्तमीका दिन विभिन्न प्रकारका वनस्पती र फलफूलहरु सहित फूलपाती भित्र्याइन्छ । नवदुर्गाको पूजा हुन्छ, हातहतियार अनि यन्त्रहरुको पूजा गरिन्छ । महानवमीका दिन हवन गरिन्छ ।

विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरेपछि दशैंका दिन नित्य पूजा गरेर आरती पुष्पाञ्जली गरेर दुर्गा विसर्जन गर्नुपर्ने पाञ्चाङ्ग समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् । भट्टराईका अनुसार दुर्गा विसर्जन पश्चात कलश उठाएर त्यहाँको जल घरका विभिन्न ठाउँमा छर्ने र शान्ति, प्रगति र उन्नतीको कामना गरिन्छ ।

दुर्गा विसर्जन गरेपछि मात्र टीकाको क्रम शुरु हुने भट्टराईले बताए । उनका अनुसार सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउनु पर्दछ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने पनि परम्परा रहेको छ । त्यसपछि मान्यजनबाट टीका लगाउनने गरिन्छ ।

दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । दैलामाथि टीका लगाउने गरिन्छ । हाम्रो घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ ।

कता फर्किएर टीका लगाउने ?

परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो । दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन ।

सामान्यतया दसैंको टीकाका लागि साइत हेर्न नपर्ने भएपनि साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि यस वर्ष पाञ्चाङ्ग निर्णायक समितिले ११ बजेर २ मिनेटमा उपयुक्त समय निकालेको छ ।

बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा नपर्ने प्रा.डा. भट्टराईले बताए । उनले टीकाको साइतको दुविधा नपाले हुने बताएका छन् ।

 

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ८ : ४८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय