९ चैत्र २०८२, सोमबार | March 23, 2026

११ बजेर २ मिनेटको शुभसाइतमा लगाइयो दसैंको टीका



काठमाडौं । यस वर्षको बडा दसैंको टीका शुभसाइतमा लगाइएको छ ।

नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको हो । रातो टीकालाई शुभ साइतको प्रतीक मानिन्छ । बिहान ११ बजेर २ मिनेट जाँदा घरघरमा आफन्तजनको हातबाट टीका लगाइएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइएको हो । आजबाट सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । देवी विसर्जन पछि ११ बजेर २ मिनेटको साइतमा टीका ग्रहण उत्तम रहेको समितिले जनाएको थियो । सोही अनुसार शुभसाइतमा टीका ग्रहण गरिएको हो ।

टीका लगाउँदा मान्यजनले आशिर्वाद दिने चलन रहेको हुन्छ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १२ : ११ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी