४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्जमा दशहरा मेला : आज रावण बध गरिँदै



नेपालगन्ज । नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवअन्तर्गत १०औँ दिन आज रावण बध गर्न लागिएको छ ।

रामलिला नाटक प्रदर्शनीमा आज ४५ फिटको रावणको पुत्ला दहन गर्न लागिएको हो । यस वर्ष आयोजना गरिएको १५६औँ रामलिला महा महोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिनेछ । रामलिला सञ्चालक समितिद्वारा आयोजित महोत्सवको आजको कार्यक्रम दिउँसोदेखि शुरु भएको छ ।

आज साँझ रावणको बधपछि राति १० बजेदेखि रातभर रामलिला मञ्चन गरिने आयोजक रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताए । उनका अनुसार भारतको बृन्द्राबनबाट २५ जना कलाकारको समूहले विभिन्न सजावटका साथ रामलिला मञ्चन गरिरहेको छ ।

भोलि भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सकिनेछ । रामलिला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न छिमेकी मुलुक भारत समेत सर्वसाधारण आउने गर्दछन् ।

दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न प्रदर्शनी कक्ष समेत राखिएका छन् । महोत्सवका अवसरमा सडक झिलिमिली पारिएको छ भने शान्ति सुरक्षा सुदृढ बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

डेढ सय वर्षभन्दा अघिदेखि आयोजना हुँदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फुलवारी, धनुष यज्ञ, प्रशुराम, बाणासुर लिला, सीता स्वयम्वर, राम वनबास, दशरथ मरण, सिताहरण, लङ्कादहन र लक्ष्मण शक्ति बाणलगायत लिला प्रर्दशन भइसकेको समितिका सदस्य भरतकिशोर बैश्यले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ५ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको