१० चैत्र २०८२, मंगलबार | March 25, 2026

कम्बोडियाको टेलिकममा ओलीको लगानी छैन, राजावादीले भ्रम छरे : एमाले महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न हिसाबले लाञ्छित गर्ने काम भइरहेको बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका हुन् ।

पोखरेलले ओलीमाथि भइरहेको प्रहार राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको पनि टिप्पणी गरेका छन् । उनले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति केपी शर्मा ओली नै भएको दाबी पनि गरेका छन् ।

‘पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्थे, अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ,’ पोखरेलले लेखेका छन्, ‘वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौँ, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौँ ।’

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : ४३ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण