९ चैत्र २०८२, सोमबार | March 23, 2026

आयुर्वेद शिरोमणी आचार्य बालकृष्णबाट बसन्तपुरको कामाख्यादेवीको दर्शन



बुटवल । पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्ण सहित उनका २०० बढी जम्बो टोली पाल्पाको बसन्तपुर स्थित कामाख्यादेवीको दर्शन गर्न पुगेका छन् । आचार्यको अनुयायीहरु र बुटवलको मुक्तिनाथ धामका संरक्षक लोकानन्द स्वामीले समेतको टोलीले आज कामाख्यादेवी मन्दिरको दर्शन गरेका हुन् ।

आचार्य बालकृष्णसँगै बसन्तपुर पुगेका नेपाली र भारतीय पत्रकारहरुसँग कुरा गर्दै आचार्यले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताए । उनले प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको बताए ।

नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी र वाल्मीकिको भूमि भएको उल्लेख गर्दै आचार्य बालकृष्णले नेपालका यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवर्द्धनमा पहल गर्नुपर्ने बताए ।

उत्तर प्रदेशसँग जोडिएको बुटवलमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए ।

उनले उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाञ्चल प्रदेश जानुपर्ने अवस्था रहेको बताउँदै त्यहां पुग्नभन्दा बुटवल आउन उनीहरुका लागि धेरै नजिक भएको बताए ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भन्दै उनले त्यस तर्फ ध्यान दिन पनि सुझाव दिए ।

रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडिबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले उक्त उद्योगमा कम्तीमा पाँच सय जनाले रोजगारी पाउने दाबी गरे ।

४० वर्षपछि पहिलोपटक आचार्य गृह जिल्ला स्याङजामा दशैं पर्व मनाउने आएका हुन् ।

आचार्य बालकृष्णलाई स्वागत गर्दै लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतको उत्तर प्रदेशको २४ करोड जनसंख्यालाई लक्षित गरेर बसन्तपुरमा पांचतारे होटेल संचालनको तयारी गरिएको बताए ।

पौडेलले सञ्चालनको ५ महिनामै बसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको बताए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  २ : १० बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा