१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आयुर्वेद शिरोमणी आचार्य बालकृष्णबाट बसन्तपुरको कामाख्यादेवीको दर्शन



बुटवल । पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्ण सहित उनका २०० बढी जम्बो टोली पाल्पाको बसन्तपुर स्थित कामाख्यादेवीको दर्शन गर्न पुगेका छन् । आचार्यको अनुयायीहरु र बुटवलको मुक्तिनाथ धामका संरक्षक लोकानन्द स्वामीले समेतको टोलीले आज कामाख्यादेवी मन्दिरको दर्शन गरेका हुन् ।

आचार्य बालकृष्णसँगै बसन्तपुर पुगेका नेपाली र भारतीय पत्रकारहरुसँग कुरा गर्दै आचार्यले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताए । उनले प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको बताए ।

नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी र वाल्मीकिको भूमि भएको उल्लेख गर्दै आचार्य बालकृष्णले नेपालका यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवर्द्धनमा पहल गर्नुपर्ने बताए ।

उत्तर प्रदेशसँग जोडिएको बुटवलमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने उनले बताए ।

उनले उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाञ्चल प्रदेश जानुपर्ने अवस्था रहेको बताउँदै त्यहां पुग्नभन्दा बुटवल आउन उनीहरुका लागि धेरै नजिक भएको बताए ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भन्दै उनले त्यस तर्फ ध्यान दिन पनि सुझाव दिए ।

रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडिबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले उक्त उद्योगमा कम्तीमा पाँच सय जनाले रोजगारी पाउने दाबी गरे ।

४० वर्षपछि पहिलोपटक आचार्य गृह जिल्ला स्याङजामा दशैं पर्व मनाउने आएका हुन् ।

आचार्य बालकृष्णलाई स्वागत गर्दै लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतको उत्तर प्रदेशको २४ करोड जनसंख्यालाई लक्षित गरेर बसन्तपुरमा पांचतारे होटेल संचालनको तयारी गरिएको बताए ।

पौडेलले सञ्चालनको ५ महिनामै बसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको बताए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  २ : १० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले