२१ मंसिर २०८२, आइतबार | December 7, 2025

राष्ट्रपति र प्रधानमन्त्रीसँग महासचिव गुटेरसले आजै भेटवार्ता गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा चार दिने औपचारिक भ्रमणका लागि नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आज महत्वपूर्ण भेटघाट गर्ने
भएका छन् ।

गएराति १ बजे काठमाडौं आइपुगेका महासचिव गुटेरसले आज अपरान्ह राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनले त्यसअघि दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नेछन् । भेटपछि प्रधानमन्त्री र गुटेरसले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

गुटेरसले त्यसअघि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट्नेछन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने उनले संसद भवन बानेश्वरमा भेट्नेछन् । भेटवार्तामा नेपाल र संयुक्त राष्ट्रसंघको सम्बन्ध, नेपालको शान्ति प्रक्रिया लगायतका विषयमा छलफल हुनेछ ।

गुटेरसको स्वागत तथा सम्मानमा प्रधानमन्त्री प्रचण्डले रात्रिभोजको आयोजना गर्नेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १० : १० बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा