६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

रेशम चौधरीको अन्तिम सुनवाइ कार्तिक २३ गते हुने



काठमाडौं । सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्धाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ ।

सर्बोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाईएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्धाको अन्तिम सुनवाई कार्तिक २३ गते हुदैँछ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी बिरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले दिएको मुद्धाको सुनवाई कार्तिक २३ गते हुन लागेको हो ।

कानुनी व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरुले बिधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षवाट निःशुल्क वकालत गर्दै आएका छन ।

प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक हत्यासहित ९ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो । सो अभियोगमा तत्कालिन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफनो कार्यकालभरी थुनिएका थिए ।

तर, सर्वोच्चले जन्मकैदको फैसाला सुनाएको केही दिनमा नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो । जसको बिरुद्ध परेको रिटमाथी कार्तिक २३ गते अन्तिम सुनवाई हुन लागेको हो ।

सर्वोच्च अदालतले बिहीबार मात्र सरकारबाट माफि मिनाहा पाएका नेपालगन्जका योगराज ढकाल ‘रिगल’को माफी मिनाहाको निर्णय बदर गर्दै पुनः पक्राउ गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : २९ बजे

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वको