१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सयपत्री फूल खेतीबाट आम्दानी गर्दै युवा



देउखुरी । लहरै रोपिएका सयपत्री फूलका बिरुवा फुलेर अहिले ढकमक्क भएका छन् । वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूल खेती गर्दै आएका भास्कर पँगेनी र दशरथ साउदले दुई वर्षअघिदेखि दाङमा व्यावसायिक सयपत्री फूल खेती विस्तार गरेका हुन ।

घोराही उपमहानगरपालिका-१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडा दिने सर्तमा फूल खेती गरिएको छ भने घोराही-१२ शिवपुरमा पनि १३ कट्ठा जमिन भाडामा लिएर व्यावसायिक फूल खेती गरिएको छ । गत वर्ष तिहारको समयमा फूलमात्रै रु १३ लाखबराबरको बिक्री गरेको व्यवसायी पँगेनीले बताए । तिहारभन्दा पछाडि सयपत्री फुलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ गराएर पाँच लाख आम्दानी गरेको उनले जानकारी दिए । यसपालि तिहारको समयमा रु १५ लाखदेखि रु २० लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

यसपालि तिहारका लागि रोपिएका फूल ढपक्क फुलेका छन् । फूल टिपेर कोल्ड स्टोरमा राख्न र माला बनाउन सुरु गरिएको व्यवसायी दशरथ साउदले बताए । ढकमक्क फुलेका फूलमा फोटो खिच्न चाहनेहरुका लागि लक्ष्य गरेर टिकटक स्पोर्ट पनि बनाइएको उनले जानकारी दिए । फूल खेती गरिएको स्थानमा जान प्रवेश शुल्क ५० राखिएको छ । गत वर्ष रु तीन सय प्रतिकेजीमा फूल बिक्री गरिएकामा यस वर्ष अझै मूल्य निर्धारण नगरिएको व्यवसायी साउदले बताए । एउटा माला रु ८० मा बिक्री भइरहेको उनको भनाइ थियो । टिकटक स्पटमा फोटो खिच्ने व्यवस्था पनि गरिएको छ । क्यामराले फोटो खिचेर मोबाइलको मेमोरीमा राखिदिएको रु २० लिने गरेर सेवा दिने गरेको व्यवसायी साउदले जानकारी दिए ।

गत वर्ष (कर्मा ५५५) जातको सयपत्री फूल खेती गरिएकामा यसपालि कर्मा त्रिपल एक अरेन्ज, कर्मा त्रिपल आठ एल्लो, कर्मा त्रिपल, पाँच ओरेन्ज, सेतो हजारी, कलकत्ते ओरेन्ज, पेनिस बल गरी छ जातका सयपत्रीका बिरुवा रोपिएका छन् । रु एक लाख तीन हजारको बीउ किनेर बेर्ना राखिको उनले बताए ।

“सबै फूल बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेका हौँ”, व्यवसायी साउदले भने । “यसपालि दुई लाख बेर्ना बिक्री भइसक्यो । बिरुवाको जात हेरेर दुई रुपैयाँ देखि ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ ।” बेर्ना बिक्री गरेर पनि आम्दानी गर्ने गरेका छौँ । कपिलवस्तुमा पहिलेदेखि नै खेती भइरहेको थियो यो वर्षदेखि कोहलपुर, कैलालीमा फूल खेती विस्तार गरिएको उनले बताए ।

युवाहरु वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पँगेनीको भनाइ थियो । बेरोजगार युवाहरुलाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ कन्सेप्टमा कृषि फर्मको नाम नै ९१०८० राखिएको छ । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको छ । फूलमा नेपाललाई आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला जिल्लामा क्षेत्र विस्तारको योजना रहेको व्यवसायी पँगेनीले बताए ।

तुलसीपुरमा सयपत्री फूलको मूल्य निर्धारण

तुलसीपुरमा सयपत्री फूलको मूल्य निर्धारण गरिएको छ । सयपत्री फूलको मूल्यमा एकरुपता कायम गर्न मूल्य निर्धारण गरिएको हो । बिहीबार तुलसीपुर उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवासँगको छलफलपछि फूलको मूल्य प्रतिकेजी रु तीन सय निर्धारण गरिएको हो ।

तिहारलाई मध्यनजर गर्दै सयपत्री फूलखेतीतर्फ युवा तथा विद्यार्थीले विभिन्न स्थानमा फूल खेती गरेका छन् । व्यवसायी र विद्यार्थीहरुले गरेको फूल खेतीको बजारीकरणमा सहजताका लागि न्यूनतम प्रतिकेजी रु तीन सय मूल्य निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले जानकारी दिए ।

तुलसीपुरमा १५ पुष्प व्यवसायी र चारवटा सामुदायिक तथा निजी स्कुल ÷कलेजका विद्यार्थीले पनि तिहारलाई लक्ष्य गरी फूल खेती गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ४ : ५७ बजे

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया