२८ आश्विन २०८३, बुधबार | October 14, 2026

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै सार्वजनिक भएको एक अडियो प्रकरणलाई लिएर अडियो प्रकरणमा मान मुछिएकी महिलाको बचाउ गरेका छन् ।

 सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै सांसद सुनारले अडियो प्रकरणका सन्दर्भमा राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील एक निर्दोष महिलालाई अनावश्यक रूपमा मिडिया ट्रायल गरिएको, अतिरञ्जित प्रचार गरिएको र तस्बिर तथा अडियो जोडेर गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

उनले काल्पनिक कुराको आधारमा एक महिलालाई यसरी लखेट्नु र राज्यका जिम्मेवार निकायबाट दबाब तथा धम्कीपूर्ण वातावरण सिर्जना गरिनु आपत्तिजनक भएको जनाएका छन् ।

आफूले कुनै गल्ती गरेको भए कानुन बमोजिम अनुसन्धान गरी सजाय भोग्न तयार रहेको दोहोर्‍याउँदै उनले निष्कर्षमा भनेका छन्, ‘जे कारबाही हो ममाथि होस्, मलाई स्वीकार छ। तर, ती महिलामाथि प्रहरी, राज्य, समाज र मिडियाले गरिएको दुर्व्यवहार मान्य छैन, त्यो गलत छ।’

उनले आफूमाथि उठेका प्रश्नहरूको सामना गर्न र निष्पक्ष छानबिनका लागि तयार रहेको बताउँदै उनले यस विषयमा पार्टी, शुभचिन्तक वा मतदाताहरूले शिर झुकाउनु नपर्ने बताएका छन्।

सांसद सुनारले आफूमाथि उठेका प्रत्येक आरोपको सत्यतथ्य छानबिन गर्न राज्यका सबै निकायलाई आग्रह गरेका छन्। उनले स्पष्ट पार्दै भनेका छन्, ‘ममाथि उठेको प्रश्न हो, यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन। ममाथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधि सभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गरियोस्। म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी र सरकार सती जान पर्दैन।’

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १० : १६ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका