रुकुम पश्चिम । जाजरकोटलाई केन्द्रविन्दु बनाएको गएराति गएको भूकम्पमा परी पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा पनि क्षति पुगेको छ ।
राति सुतेको अवस्थामा भूकम्प गएका कारण मानवीय क्षति बढी हुन पुगेको हो । भूकम्पमा परि चौरजहारी नगरपालिकामको विभिन्न वडाका घाइतेहरुको उद्दार गरी मध्यरातमै अस्पताल लगिएको छ ।
ईलाका प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको टोलीले उद्धारगरी ल्याइका घाइतेको अहिले चौरजहारी अस्पतालमा उपचार भैरहेको छ ।
गम्भीर घाइतेहरुलाई थप उपचारको लागि ३ वटा एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज पठाईएको अस्पतालले जनाएको छ ।
घाइतेहरुको उद्दार र राहतमा कुनै कमि हुन नदिन र थप उपचारका लागि जिल्ला बाहिर पठाउन यातायातको व्यवस्था गर्न राति नै नगरप्रमुख पुस्प बादी, उपप्रमुख ईश्वरी शर्मा बिएम अन्य जनप्रतिनिधिहरु अस्पताल पुगेका थिए । रुकुम पश्चिम्मा मात्रै हालसम्म करिब २८ भन्दा बढिको मृत्यु भैसकेको छ ।
तस्वीर सहयोग : गोपाल रेग्मी





















प्रतिक्रिया