९ चैत्र २०८२, सोमबार | March 23, 2026

२४ सै घण्टा घाइतेको उपचारमा खटिएका डाक्टर राजन पाण्डेले दिए भूकम्प पीडितलाई एक महिनाको तलव



नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घाइते भएकाहरुको उपचारमा २४ सै घण्टा खटिएका एक चिकित्सकले आफ्नो एक महिनाको तलव भूकम्प पीडितहरुलाई दिने घोषणा गरेका छन् । भूकम्पबाट ठुलो जनधनको क्षेति भएको खबर पाएदेखि नै घाइतेको उपचार र त्यसको ब्यवस्थापनमा सक्रिय भेरी अस्पतालका बरिष्ठ फिजिसीयन डा. राजन पाण्डेले आफ्नो एक महिनाको तलव भूकम्प पीडितलाई दिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफुले पाएने एक महिनाको तलव बापतको ६६ हजार रुपैयाँ सरकारी च्यानल मार्फत सहयोग गर्ने घोषणा गरेका छन् । उनले निसासिएको अवस्थामा अक्सिजन, तिर्खाएको मानिसलाई पानी, भोकाएको अबस्थामा दुई गास खाना, जाडोले काँपिरहेको मानिसलाई कम्वल, बेसहारालाइ प्यारको ढाडसभन्दा माथि कुनै चिकित्सा, पार्टी, वाद वा धर्म नभएको उल्लेख गरेका छन् । उनले दुई दशक लामो चिकित्सा अनुभवमा सिकेको पाठ पति त्यही भएको बताएका छन् ।

‘निसासिएको अबस्थामा अक्सिजन, तिर्खाएको मानिसलाई पानी, भोकाएको अवस्थामा दुई गास खाना, जाडोले काँपिरहेको मानिसलाई कम्वल, बेसहारालाइ प्यारको ढाडसभन्दा माथि न कुनै चिकित्सा,पार्टी, वाद वा धर्म छ,’ डा.पाण्डेले लेखेका छन्, ‘दुई दशक लामो चिकित्सा अनुभवमा मैले सिकेको पाठ यहि हो । यहि अनुभवबाट प्रेरित भएर हालैको भुकम्प पीडितहरुको सहयोगमा मेरो ब्यक्तिगत तर्फबाट मेरो एक महिनाको तलब बराबर रु६६,००० (छैंसठि हजार) नेपाल सरकारको सरकारी च्यानल मार्फत सहयोग गर्ने घोषणा गर्दछु।’

उनी भूकम्पबाट घाइते भएका घाइतेको उपचार तथा ब्यवस्थापनमा सुरुदेखि सक्रियरुपमा लागिरहेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ९ : ०६ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत