९ चैत्र २०८२, सोमबार | March 23, 2026

लुम्बिनी प्रदेश राजधानीका कर्मचारीले भूकम्प पीडितलाई सहयोग गर्ने



दाङ । लुम्बिनी प्रदेश राजधानीमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई राहात दिने भएका छन्।

उनीहरुले भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभाविक क्षेत्रका लागि राहत रकम दिने भएका हुन्।

कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए।

प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिव स्तरिय निर्णय अनुसार ११औं तह वा सो भन्दा माथिका कर्मचारीले तीन दिनको तलव, अधिकृत छैठौंदेखि दशौं तह वा सो सरहसम्मका कर्मचारीले दुई दिनको तलव र सहायक स्तर र तह विहीन कर्मचारीले एक दिनको तलव भूकम्प पीडितका लागि उपलब्ध गराउने भएका हुन्।

उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन्। गत शुक्रबार गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पूर्व, सल्यान जिल्लामा माननीय तथा भौतिक क्षेति पुर्‍याएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : ०३ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी