२० मंसिर २०८२, शनिबार | December 7, 2025

भेरी अस्पतालमा उपचाररत मध्य ११ घाइतेको शल्यक्रिया, ४ जना डिस्चार्ज



नेपालगन्ज । भेरी अस्पतालमा उपचारका लागि ल्याइएका भूकम्पका घाइते मध्य ११ जनाको शल्यक्रिया गरिएको छ । भूकम्पमा परि घाइते भएका ती ११ जनाको हात, खुट्टा, टाउको लगायत शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

भूकम्पमा परेका जाजरकोट र रुकुम(पश्चिम) का घाइतेलाई शनिबारबाटै नेपालगन्जमा ल्याउन सुरु गरिएको थियो ।

भेरी अस्पतालमा ल्याइएका घाइते मध्य ११ जनाको शल्यक्रिया गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार अस्पतालमा अहिलेसम्म ५७ जना घाइते उपचारका लागि आइसकेकोमा एक जना घाइतेको भेरी अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको तथा अस्पतालमा भर्ना भएका मध्ये ३ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

भूकम्पका घाइतेको शल्यक्रिया लगायत उपचारमा कुनै कमी हुन नदिइएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले दाबी गरे । शल्यक्रिया गरिएका घाइते सहित अस्पतालमा उपचाररत सबै घाइतेहरुको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको उनले बताए ।

अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश थापाडा. तिर्थेन्द्र खड्का लगायतको टिमबाट घाइतेहरुको शल्यक्रिया गरिएको हो । उपचारमा आएका ४ जना स्वास्थ्य लाभ भएर डिस्चार्ज भइसकेको फोकल पर्सन श्रेष्ठले बताए । हाल अस्पतालमा ४९ जनाको उपचार चलिरहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ४ : ०५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल