९ चैत्र २०८२, सोमबार | March 23, 2026

भेरी अस्पतालमा उपचाररत मध्य ११ घाइतेको शल्यक्रिया, ४ जना डिस्चार्ज



नेपालगन्ज । भेरी अस्पतालमा उपचारका लागि ल्याइएका भूकम्पका घाइते मध्य ११ जनाको शल्यक्रिया गरिएको छ । भूकम्पमा परि घाइते भएका ती ११ जनाको हात, खुट्टा, टाउको लगायत शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

भूकम्पमा परेका जाजरकोट र रुकुम(पश्चिम) का घाइतेलाई शनिबारबाटै नेपालगन्जमा ल्याउन सुरु गरिएको थियो ।

भेरी अस्पतालमा ल्याइएका घाइते मध्य ११ जनाको शल्यक्रिया गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार अस्पतालमा अहिलेसम्म ५७ जना घाइते उपचारका लागि आइसकेकोमा एक जना घाइतेको भेरी अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको तथा अस्पतालमा भर्ना भएका मध्ये ३ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

भूकम्पका घाइतेको शल्यक्रिया लगायत उपचारमा कुनै कमी हुन नदिइएको भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले दाबी गरे । शल्यक्रिया गरिएका घाइते सहित अस्पतालमा उपचाररत सबै घाइतेहरुको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको उनले बताए ।

अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश थापाडा. तिर्थेन्द्र खड्का लगायतको टिमबाट घाइतेहरुको शल्यक्रिया गरिएको हो । उपचारमा आएका ४ जना स्वास्थ्य लाभ भएर डिस्चार्ज भइसकेको फोकल पर्सन श्रेष्ठले बताए । हाल अस्पतालमा ४९ जनाको उपचार चलिरहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ४ : ०५ बजे

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत