२८ माघ २०८२, बुधबार | February 11, 2026

भूकम्प पीडितलाई एकीकृत समाजवादी निकट युवासंघको राहत



नेपालगन्ज । नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपालले भूकम्प पीडितका लागि १५ लाख बढीको राहत सामग्री सहयोग गरेको छ । युवा संघको केन्द्रीय कार्यालय काठमाडौंबाट जाजरकोट पुगेको टोलीले जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई शुक्रबार १५ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न प्रकारका राहत सामग्री हस्तान्तरण गरेको हो ।

युवा संघका केन्द्रीय अध्यक्ष कृष्णकुमार बिश्वकर्मा, कर्णाली प्रदेश कमिटी अध्यक्ष अनिल बोगटी, पिपुल्स भोलेण्टियरका सचिब मनोज केसी, बाँके पार्टी सचिब दिपक जिएम, बाँके क्षेत्र नम्बर ३ ‘ख’ का संयोजक ऋषि पोखरेललगायतको टोलीले जाजरकोट पुगेर राहत सामग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको थियो ।

युवा संघका केन्द्रीय अध्यक्ष बिश्वकर्माका अनुसार युवासंघले हस्तान्तरण गरिएको सामग्रीमा ६ लाख रुपैयाँको २० थान डिजिटल सोलार प्यानल, १ लाख रुपैयाँको २ सय ५२ थान एन्टी मस्क्यूटो किड्स, ३ लाख रुपैयाँको ५ हजार थान सेनिटरी प्याड, १ लाख ५० हजार रुपैयाँको एक थान अक्सिजन कन्सन्ट्रेटर, १ लाख ५० हजार रुपैयाँको एक थान अक्सिमिटिर, २ लाख रुपैयाँ बढीको औषधि र ५० हजार रुपैयाँको एक सय थान भोलेन्टियर हेलमेट रहेको छ।

मंसिरदेखि युवा संघले भूकम्प प्रभावित क्षेत्रमा स्वयमसेवक परिचालन गर्ने कार्यक्रम रहेको बाँके पार्टी सचिब दिपक जिएमले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : ०१ बजे

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार